सोरूमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

डिसी नेपाल
२९ वैशाख २०७९ २३:२१

मुगु । सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकोला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको छ ।

झडपबाट नवीय क्षेति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *