तयार भयो मतगणना स्थल, तारजाली र सिसीटिभी क्यामेरा जडान

डिसी नेपाल
३० वैशाख २०७९ ७:०८

पोखरा। पोखराको मतगणना स्थल तयार भएको छ । यसपालि पोखराका उम्मेद्वारको मतगणना १० ठाउँबाट गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ ।

जिल्ला समन्वय समितिको भवन र उपत्यका नगर विकास समितिको भवनबाट मतगणना गर्न लागिएको हो । यसअघिको चुनावमा नगर प्रशिक्षण केन्द्रको भवनमा मतगणना गरिएको थियो ।

त्यहाँ अहिले प्रदेशसभा बसेका कारण जिससमा गणना गर्न लागिएको हो । गणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने फड्किन नमिल्ने गरी तारजाली लगाइएको निर्वाचन अनुगमन अधिकृत निल पनेरुले जानकारी दिए ।

‘गणनास्थलको सुरक्षा कडा छ । तारबार र क्यामेरा राखिएको छ,’ उनले भने, ‘कोही प्रतिनिधि फड्किएर मतपत्र भेट्न सक्दैनन् ।’ उनका अनुसार मतपेटिका संकलन गर्ने ठाउँ समेत तयार भएको छ ।

३ वटा कोठामा मतपेटिका राखिने पनेरुले जानकारी दिए । शुक्रबार राती १२ बजेसम्म सबै मतपेटिका संकलन भैसक्ने र शनिबार विहान ७ बजेदेखि गणना सुरु हुने बताइएको छ । यद्यपी सर्वदलीय बैठकबाट समय हेरफेर हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *