बाराको पचरौता नगरपालिका बाहेक सबै स्थानीय तहमा निर्वाचन सम्पन्न

डिसी नेपाल
३० वैशाख २०७९ २०:१३

बारा । बारामा रहेको १६ वटा स्थानीय तहमध्ये पचरौता नगरपालिका बाहेक सम्पूर्ण स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । पचरौता नगरपालिका झडप भएका कारण स्थगित भएको हो ।

आज बिहानैबाट तनावग्रस्त रहेको पचरौतामा स्थित नियन्त्रणमा लिन नसक्दा वडा नम्बर २ र ४ मा रहेको ४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको बारा जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पचरौतामा लोसपा, जसपा र एमाले बिच त्रिपछिय झडप भएको थियो ।‘आज बिहान बाराको देवताल गाउँपालिकामा कांग्रेस र जसपाबीच झडब भएपछि हामी जिल्लाका सुरक्षा प्रमुखसहित त्यहाँ पुगेर छलफल गरी पुनः मतदान गर्ने कार्य गरेका थियौं । त्यस पश्चात् पचरौतामा भएको विवाद मिलाउन हामीले निकै प्रयास गर्‍यो । तर, सफल हुन सकेनौं,’ मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले भने ।

त्यहाँको स्थिति हेर्दा निर्वाचन स्थगित गर्ने बाहेक अरू विकल्प नरहेको उनले बताए । उनले अब बारा निर्वाचन आयोगले सो ठाउँमा पुनः निर्वाचन मिति तय गरेपछि मतदान हुने बताएका छन् ।

यस बाहेक बारा सम्पूर्ण तहमा करिब ७० प्रतिशत मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *