सल्यानको सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका गिरी विजयी

डिसी नेपाल
२ जेठ २०७९ २०:५०

सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३७५ मतले पराजित गर्दै कांग्रेसका भरत गिरी निर्वाचित भएका हुन् ।

गिरीले २१७३ मत ल्याएर निर्वाचित हुँदा गठबन्धन एकीकृत समाजवादीका चित्र बहादुर चलाउनेले १७९८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत ल्याएकी छन् ।

५ वडा रहेको गाउँपालिकामा वडा न १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा न ३,४ र ५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *