भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

डिसी नेपाल
२ जेठ २०७९ २१:४४

दैलेख । भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको गाउँपालिमा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी भएका हुन् ।

उनी दुई हजार ८४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले नेपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गरे । कांग्रेसका खड्काले दोस्रो स्थानमा रहेर दुई हजार २०३ मत ल्याउँदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले एक हजार ९३४ मत प्राप्त गरे । गाउँपालिकाको अध्यक्षमा विजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।

यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीनाकुमारी खड्का विजयी भएकी छिन् । गाउँपालिकाको उपाध्यक्षमा विजयी खड्काले दुई हजार ६८३ मत ल्याउँदा प्रत्यासी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले दुई हजार २४७ र नेकपा एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत प्राप्त गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *