एलपी ग्यास बोकेको बुलेटमा आगलागी, ग्यास भने सुरक्षित
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा तीन दिनदेखि रोकिराखेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । बुलटेको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ।
आज दिउँसो करिब १२ः५० बजेको समयमा युपी १७ए टी८६२७ नम्बरको बुलेटमा आगलागी भएको हो। भरतपुर महानगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो। बुलेटमा लागेको आगोले बिजुलीको तार तातेर लत्रिएपछि एउटा पोल सडकमा ढलेको थियो।
पोल हटाएर बाटो सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त नरहरि अधिकारीले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए।
उक्त ग्यास बुलेट भारतको उडिसास्थित पैरवी ग्यास कम्पनीबाट धादिङस्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको उनले बताए । बुलेटको ब्रेक फेल भएपछि सडक छेउमा रोकेर राखिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment