अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने
काठमाडौं। राष्ट्रियसभा बैठक आज बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ।
अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।
बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment