जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, पाइलटको फोन लागिरहेको छ
फाइल फाेटाे।
काठमाडौं। सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ। जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए।
अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ। बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन।
अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए। ‘दुई सम्भावित ठाउँ पहिचान भएका छन्। ती ठाउँमा हिँडेर जान सकिने अवस्था छैन। हेलिकोप्टरमार्फत खोजी गर्ने तयारी गरिरहेका छौं,’ अध्यक्ष गौचनले भने, ‘पाइलटको फोन लागिरहेको छ। त्यसलाई पनि ट्र्याक भइरहेको छ। मौसममा सुधार आएपछि खोजी कार्य हुन्छ।’
हेर्नुहोस् भिडियो:
No ads found for this position

डिसी नेपाल
Facebook Comment