बाढीले बगाएको १६ हेक्टर मार्सीधान फल्ने खेतमा कुलो निर्माण

डिसी नेपाल
२० जेठ २०७९ १८:५२

जुम्ला । तातोपानी गाउँपालिका १ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण गरिएको छ । बाढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिचाईको लागि रानीकुलो निमार्ण गरिएको हो । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानी ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र तिला गाउँपालिकामा भेरीखोलाको बाढीले अधिंकाश सिँचाइ कुलो बगाएको थियो ।

जुम्लामा धेरै सिँचाई कुलाहरु बगेर जानुका साथै खेतियोग्य जमिनमा सिँचाईको लागि समस्या भएको थियो । तर जुम्लाको पहिचानको रुपमा रहेको कालिमार्सी धान रोप्ने समय आएकाले कृषि बिकास कार्यलयले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु समेत भएको छ ।

त्यस्तै तातोपानी १ अन्तरगत पर्ने रानी ज्यूलोको कुलो बाढिले बगाएको स्थानको आरसीसी गरेपछि संचालनमा आएको छ । कृषि विकास कार्यालयले ७ लाख र स्थानीयको एक लाख श्रमदानमा उक्त कुलो बाढीले निमार्ण गरिएको कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने, बाढीले बगाएको स्थानमा ४१ मिटर आरसीसी र अन्य काम गरेपछि पानी ल्याएर रोपाई भएको छ ।

उनका अनुसार त्यो स्थानमा बर्खायाममा नदिले अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *