गण्डकी प्रदेशसभा बैठक स्थगित

डिसी नेपाल
४ असार २०७९ २२:५५

पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *