मुटु परीक्षण शिविरमा ५५३ जना विद्यार्थीको मुटु परीक्षण

डिसी नेपाल
१७ असार २०७९ २२:५९

चितवन । राप्ती नगरपालिका वडा नं ८ मा रहेको माध्यमिक विद्यालय ब्रहमनगरका विद्यार्थीहरुको शुक्रबार मुटु परीक्षण गरिएको छ ।

समाजसेवी लोकराज भूषालको व्यवस्थापनमा चितवन मुटु अस्पतालले शिविरको आयोजना गरेको हो । लायन्स क्लव अफ चितवन मुटु र नेपाल हार्ट फाउण्डेशन चितवनको सहयोगमा मुटु परीक्षण शिविरको आयोजना गरिएको हो । शिविरमा ५५३ जना विद्यार्थीको मुटु परीक्षण गरिएको हो ।

शिविरमा ४२ जना विद्यार्थीको मुटुको भिडियो एक्सरे गरिएको छ । चितवन मुटु अस्पतालका प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको समुहले विद्यार्थी र शिक्षकहरुको मुटु परीक्षण गरेको हो ।

सो वडाका निर्वतमान वडाध्यक्ष बुद्धिराज थपलिया प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा प्रधानाध्यापक विष्णुहरि कँडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु गौतमको अध्यक्षतमा सम्पन्न भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *