डेनमार्क गोली काण्डमा नेपाली सुरक्षित (तस्वीरसहित)

डिसी नेपाल
२० असार २०७९ ६:३३
6.7k
Shares

इटाली। डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ सेन्टरमा आइतबार भएको गोलीकाण्डमा कैयौं व्यक्तिको मृत्यु भएको डेनिस प्रहरीले जनाएको छ। डेनिस प्रहरीले गोलीकाण्डका एक जना २२ वर्षीय डेनिस व्यक्तिलाई गिरफ्तार गरेको छ।

कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए।
संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।

गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए। त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए । उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ।

कोपेनहेगनबाट कृष्ण सुबेदिले दिएको जानकारी अनुसार घटनामा सबै नेपाली सुरक्षित छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *