निर्वाचनमा पैसाको खोलो बगाउने डरलाग्दो अवस्था आएको छः सभामुख सापकोटा

डिसी नेपाल
२५ असार २०७९ १७:१४
108
Shares

भक्तपुर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएको बताएका छन् । भक्तपुरको सानोठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै उनले संसद् लोकतन्त्रको अन्तिम अर्थमा आत्मा भएको बताए ।

सभामुख सापकोटाले मानव चेतनाको स्तर जति उचो भयो त्यति नै लोकतन्त्रले जनताको पक्षमा भूमिका खेल्न सक्ने चर्चा गर्दै संसद् जनताको आवाज प्रष्फुटित हुने थलो भएको बताए। संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास हुने थलो हुने भएको उल्लेख गर्दै उनले भने, “हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ, लोकतन्त्रको विकल्प झन् उन्नत लोकतान्त्र हो, त्यो प्रवचन र भाषण दिने विषय मात्र नभई जीवन पद्धति भएको छ ।”

विचारभन्दा ठूलो दुनियाँमा केही नभएको चर्चा गर्दै सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसङ्गतिको अन्त्यका लागि युवाले अभियान नै चलाउनुपर्ने बताए । उनले स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने डरलाग्दो अवस्था आएको देखेर चिन्ता लागेको भन्दै त्यस्ता विकृति र विसङ्गतिको अन्त्य हुने गरी युवाले अभियान चलाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले निष्पक्ष निर्वाचनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *