पाँच दलीयमा गठबन्धन वित्तीय गठबन्धनमा रूपान्तरण भयो: सांसद सिलवाल

डिसी नेपाल
२७ असार २०७९ १२:०२
36
Shares

काठमाडौं। एमाले सांसद नवराज सिलवालले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन क्रमश: वित्तीय गठबन्धनमा परिणत भएको बताएका छन्।

साेमबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिलवालले मुलुक आर्थिक अवस्था तहसनहस भएको अवस्थामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेकोप्रति आपत्ति जनाएका छन्।

‘पाँचदलीय गठबन्धन अब वित्तीय गठबन्धन, लाभको गठबन्धन, फाइदाको गठबन्धनमा परिणत भएको छ, नेपाल प्रहरीलाई आवाश्यक नै नपरेको हतियार खरिद गर्ने निर्णय गरेर यसलाई पुष्टि गरेको छ,’ सांसद सिलवालले भने, ‘बिचौलियाको भरमा हतियार खरिद गर्न रकम निकासा गराइँदैछ, यतिवेला नेपाल प्रहरीलाई हतियार होइन, प्रविधियुक्त बनाउन जरुरी छ।’

नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सिलवालले तत्काल सो निर्णय फिर्ता लिनुपर्ने मागसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *