नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित
काठमाडौं। नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो। गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे।
उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ पनि दिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment