मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

डिसी नेपाल
२९ असार २०७९ ७:५९
36
Shares

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन्। नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन्।

गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बुदेखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ। यसले नदीको बहाब नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए ।

४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थायी संरक्षणका लागि ३१ योजना राखिएकामा २९ योजना कार्यान्वयन भएको छ।

हेलम्बुको चनौटे, किउल, मेलम्ची बजार, चनौटे बजार, बाहुनेपाटिका बजारमा अस्थायी संरक्षणले कटानबाट जोगिएको भू तथा जलाधार ब्यवस्थापन कार्यालय सिन्धुपाल्चोक प्रमुख दिवाकर मास्कले बताए।

डेढ मिटर तार जाली प्रयोग गरी आधा मिटर पछाडि छाड्दै ५ मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निर्माण भएका छन् । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेर्से मावि र बाहुनेपाटिको जाल्पादेवि मा।विका भवन तथा संरचना नदिको कटानबाट जोगिएका जाल्पादेवि माविका प्राचार्य विष्णु गौतमको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *