भारतीय गायक राज बर्मनको गीतमा नेपाली कलाकार फजिलको अभिनय

डिसी नेपाल
३० असार २०७९ १०:२३

इटाली । विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमी छोडी विदेशमा भविस्य उज्वल बनाउन गएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्दै आइरहेका छन्।

बिदेशमा आफ्नो प्रतिभा लाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्दै आइरहेका मध्य एक व्यक्ति हुन् फजिल अहमद। नेपालको मकवानपुर घर भएका फाजिल सन् २०१० सालमा अध्यनको शिलसिलामा लण्डन गएका थिए।

हाल  उनी इटालीको मिलान शहरमा बसोबास गर्दै आइरहेका छन् ।याे हप्ता उनै फजिल अभिनित भारतका चर्चित गायक राज बर्मनको गायन रहेको ‘जित्ना जिया हे’ बोलको म्युजिक भिडियो युटुबको EROSNOWMUSIC च्यानलमा आउदै छ।

सो म्युजिक भिडियोमा नेपाली मुलकी लन्डनमा बसोबास गर्दै आएकी प्रतिष्ठा राउतले फजिललाइ साथ दिएकी छिन्। यसअघि पनि फजिलले भारतीय लोकप्रिय गायकार जुबीन नौतियलको ‘हम नभा मेरे’ भन्ने गीतमा अभिनय गरेका थिए । उनै फजिल अभिनित ‘हम नभा मेरे’ भन्ने गीत युटुबमा अहिले सम्म ७७ करोडले हेरिसकेका छन्।

फजिलले नेपाल लगाएत युरोपमा चर्चित नेपाली गाएक एवम नायक बाबु बोगटीको एल्बम ‘रिस्पेक्ट’ को ‘थोरै थोरै’ गीतको म्युजिक भिडियोमा मोडेलको भूमिका गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *