कांग्रेस केन्द्रीय समितिमा पदाधिकारीले धारणा राख्दै
काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आजवाट पदाधिकारीले आ आफनो धारणा राख्ने भएका छन ।यस अघिको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेको पछि उनीहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफनो धारणा राख्ने कार्यसुची रहेको कांग्रेसले जनाएको छ । बैठक अपरान्ह १ बजे बस्दैछ ।
जारी बैठकमा संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय हुनका लागि पार्टी नेतृत्वको आलोचना गरेर ‘मिडिया स्टन्ट’ गरेको, वागी उम्मेदवारलाई कारवाही गर्ने कि नगर्ने, अन्य पार्टीका चुनाव चिन्हमा मतदान गर्न लगाएर पार्टीको पहिचानमा समस्या पारेको लगायत बिषयमा केन्द्रिय सदस्यहरुले धारणा राखेका थिए ।आजको बैठकमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी १४ जना पदाधिकारीले सो बारेमा आफनो धारणा राख्ने छन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment