गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै वालुवाटारमा प्रदर्शन

डिसी नेपाल
१ साउन २०७९ १२:०३
32
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ।

नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा वालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।

जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ भने सो धरपकडको क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन्।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दावी गर्दै अधिकारीलाई बर्खास्त गर्नका लागि केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेका छन्।

राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ बिभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भईरहेका हुन्।

नेकपा एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गर्भनर अधिकारी नभएको भन्दै प्रेस बिज्ञप्ति जारी गरिसकेको छ भने साथै गर्भनर अधिकारीलाई पत्र लेखेर एम अधिकारी भन्ने ब्यक्ति ‘तपाईं नभएको’ ब्योहोराको पत्र पनि पठाइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *