बालेन शाह र धुलिखेलका मेयर ब्याञ्जुबीच भेटवार्ताः अन्तर्राष्ट्रिय विकासलाई स्थानीयकरण गर्नेबारे छलफल

डिसी नेपाल
६ साउन २०७९ १४:१३

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुबीच भेटवार्ता भएको छ।बुधबार मेयर शाह र उपमेयर सुनिता ढंगोल सहितको टोली धुलिखेल पुगेका थिए। उक्त भेटवार्तामा अन्तर्राष्ट्रिय विकासलाई कसरी स्थानीयकरण गर्ने भन्ने लगायत विविध विकासका कुरामा छलफल भएको थियो। सो भेटमा दुई नगरको विकास निर्माण र आफ्ना अनुभवहरु पनि आदन प्रदान भएको धुलिखेलका मेयर ब्याञ्जुले जानकारी दिए।

ब्याञ्जुले भने ‘हाम्रो भेट नगरपालिकाको विकास,समन्वय,सहकार्य,दीगो विकासको अवधारणबारे केन्द्रित रहेर भएको हो। यो छलफलले संघीय राजधानीमा रहेको काठमाडौं महानगर र महानगरको नजिक रहेको धलिखेलको विकास र समृद्धिको बारेमा भएको हो । हामीले आगामी दिनमा स्थानीय तहबीच हुनुपर्ने साझेदारी र समन्वयको बारेमा पनि छलफल गरेका छौँ।’

मेयर ब्याञ्जुको निमन्त्रणमा पुगेका शाह सहितको टोलीसँग नगरपालिकाले हालसम्म हाँसिल गरेको उपलब्धी,योजना लगायत महानगरले गर्दै आएको कामको विषयमा पनि चर्चा भएको थियो।मेयर ब्याञ्जु नेपाल नगरपालिका संघ र विश्व नगर सरकार र शहरहरुको संगठन (युनाइटेड सिटी लोकल गभरमेन्ट) यूसीएलजीको अध्यक्ष पनि हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *