संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री खाण

डिसी नेपाल
९ साउन २०७९ १३:०४
60
Shares

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन्।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए।

‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन। यसर्थ आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन। नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो।’

सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए।

विधेयकमा केही कमीकमजोरी भए पछि संशोधन गर्दै जानुपर्ने बताएका गृहमन्त्री खाणले उक्त विधेयक अहिले पारित गरेर नागरिकताविहीन नागरिकको संख्या घटाउनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *