काठमाडौं महानगरपालिको फोहोर व्यवस्थापनमा दबाव दिन युवासंघले सरसफाइ कार्यक्रम गर्दै

डिसी नेपाल
३० साउन २०७९ ८:४६

काठमाडौं। काठमाडौं उपत्यकामा लामो समयदेखि फोहोर उठ्न छोडेपछि सहरका चोक र गल्ली फोहोरले भरिएका छन्।

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले फोहोर व्यवस्थापनका लागि दबाव दिन सोमबार सरसफाई कार्यक्रमको आयोजना गरको छ।

सोमबार दिउँसो एक बजे नयाँ बानेश्वरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको युवासंघ नेपालका स्थायी कमिटी सदस्य निरोज पौडेलले जानकारी दिए। ‘काठमाडौं महानगरपालिकाले लामो समयदेखि फोहोर उठाउन नसक्दा काठमाडौं महानगरमा चुलिएको फोहोरमैलाको विकराल समस्या विरुद्ध दबाबमूलक सरसफाइ कार्यक्रमको आयोगना गरिएको हो,’ पौडेलले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *