माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे

डिसी नेपाल
३० साउन २०७९ ८:५९

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ। आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो।

‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने। राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोली पल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *