राप्रपामा निर्वाचन परिचालन समिति गठन, तालमेलको निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

डिसी नेपाल
३० साउन २०७९ १८:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ । निर्वाचनमा राजनीतिक दलसँग गठबन्धन, चुनावी तालमेल र सहकार्यको आवश्यक निर्णय र पहलकदमी लिने जिम्मा अध्यक्ष लिङ्देनलाई प्रदान गरेको छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनमा अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको जानकारी दिए ।

अध्यक्ष लिङ्देनकै नेतृत्वमा संसदीय समिति पनि गठन गरिएको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

उनले निर्वाचन घोषणापत्र तयारीका लागि प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा. जयन्तनाथ खनाल र सह–प्राध्यापक हेमराज कार्कीसहितको समिति गठन गरिएको उल्लेख गरे ।

राप्रपा बैठकले सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने घोषणा स्वागत योग्य रहेको र निर्वाचन भयरहित एवम् धाँधलीरहित ढङ्गबाट सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *