नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूपः भीम रावल

डिसी नेपाल
३० साउन २०७९ १८:१८

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुले प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् ।

देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका छन् ।

‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ । नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३) र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’

प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभामा फिर्ता पठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *