एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

डिसी नेपाल
२० भदौ २०७९ १७:३९
36
Shares

मुगु । नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो ।

आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए । उनका अनुसार प्रतिनिधि सभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समाबेसी समानुपातिक रुपबहादुर बुढा, खस आर्य समानुपातिकतर्फ भीमचन्द्र हमाल, महिला समानुपातिक कर्णशिला मल्ल र आदिवासी जनजाति समानुपातिकमा थुनग्याप तामाङ्गलाई सिफारिस गरेको हो ।

यस्तै, कर्णाली प्रदेश सभा क अन्तर्गत प्रत्यक्षतर्फ तीन जना नाम सिफारिस गरेको छ । जितबहादुर मल्ल, पूर्णबहादुर रोकाया, कृष्णबहादुर सेजुवाल र खिउलि भामलाई प्रदेश सभाको लागि सिफारिस गरिएको छ ।

साथै, प्रदेशसभा ख, अन्तर्गत प्रत्यक्षतर्फ उब्बजनबहादुर शाही, राजबहादुर कार्की ९राजु० कर्णबहादुर मल्ल र मथुरा कार्कीको नाम सिफारिस भएको नेकपा एमाले मुगुले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *