क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी

डिसी नेपाल
२३ भदौ २०७९ १४:५०
144
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ जारी भएको छ। उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज अनुमति दिएको छ।

उनीविरुद्ध १ नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित किशोरीले उनीविरुद्ध किटानी जाहेरी दिएकी छन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको प्रहरी स्रोतले बताएको छ।

प्रहरीले अदालतबाट अनुमति पाएसँगै अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ। नाबालिकलाई बलात्कार गरेको भन्दै मंगलबार साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो।

उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ। मंगलबार १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्‍याएर आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्। सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *