भलिबल खेलाडीलाई खोटाङ भलिबल क्लब युकेको सहयोग

डिसी नेपाल
२८ भदौ २०७९ २१:०४
100
Shares

खोटाङ । खोटाङ भलिबल क्लब युकेले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान गरेको छ । बेलायतमा बस्दै आएका खोटाङे भलिबल खेलाडी युवाको अगुवाइमा गठन गरिएको भलिबल क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश १ स्तरीय छनौट खेल खेल्न जाने पुरुष भलिबल खेलाडीलाई ५३ हजार ५६० रुपैयाँ मूल्यको जर्सी सेट प्रदान गरेको हो ।

यस्तै, महिला भलिबल खेलाडीलाई नगद १० हजार प्रदान गरिएको खोटाङ भलिबल क्लब युकेका अध्यक्ष सञ्जीव राईले बताए । खेलाडीलाई ६ हजार ८०० मूल्यको एक सेट जुत्ता प्रदान गरिएको छ । खोटाङ भलिबल क्लब युकेले जिल्ला भलिबल संघमार्फत खेलाडीलाई जर्सी सेट, जुत्ता र आर्थिक सहयोग उपलब्ध गराएको हो ।

शुभम् फाउण्डेसनमा आयोजित कार्यक्रममा खोटाङ भलिबल क्लब युकेका संरक्षक कृषिविज्ञ मदन राईले जर्सी, जुत्ता र रकम हस्तान्तरण गरेका छन् । भलिबल खेलाडीको प्रवर्द्धनका लागि खोटाङ भलिबल क्लब युकेले खेल सामग्री प्रदान गरेको हो । प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने पुरुष तथा महिला भलिबल खेलाडीलाई भलिबल संघका अध्यक्ष नूरकाजी शैंजू, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष महेश राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, फुटबल संघका महासचिव काजीमान राई, जिल्ला फुटबल संघका प्रशिक्षक भानु राई, फुटबल संघका प्रशिक्षक भानु राई, समाजसेवी केशव श्रेष्ठ, अमर गुरुङ लगायतले खेलाडीको बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन् ।

खोटाङ भलिबल क्लब युकेले कृषि वैज्ञानिक मदन राई, पूर्व राष्ट्रिय भलिबल खेलाडी नूनकारी शैंजू र पूर्व भलिबल खेलाडी एवं पूर्ववडाध्यक्ष महन्तकुमार राईलाई संरक्षक तोकेको छ । यस्तै, क्लबको एम्बेसिडर महिला भलिबल टिम क्याप्टेन विनीता राई र पुरुष भलिबल लिफ्टर अमोद रिजाललाई चयन गरिएको खोटाङ भलिबल क्लब युकेका अध्यक्ष राईले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *