नेपाल टी २० लिगको पहिलो संस्करण सर्‍याे

डिसी नेपाल
३० भदौ २०७९ ८:२८

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी २० लिगको पहिलो संस्करण सरेको छ। यसअघि असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने भनिए पनि क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता निर्धारित मितिमा नहुने जनाएको हो।

गृह मन्त्रालयले मंसिर चार गते हुने प्रदेश र केन्द्रको निर्वाचनाका विभिन्न कार्यक्रम हुने भएकाले त्यस समय खेलाडीहरु बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा दिन कठिन हुने भन्दै निर्वाचनपछि प्रतियोगिता गर्न आग्रह गरेपछि नेपाल टी २० सारेको क्यानले जनाएको छ।

क्यानले प्रतियोगितामा विदेशी खेलाडी आउने भएकाले उनीहरुको सुरक्षा महत्वपूर्ण रहेको गृह मन्त्रालयको आग्रह स्वीकार गर्दै प्रतियोगिता सार्ने निर्णय गरेको जनाएको छ।

प्रतियोगिता सरेसँगै डिसेम्बर ११ देखि ३१ सम्म नयाँ मिति प्रस्ताव पनि गरिएको छ। नेपाल टी २० को पहिलो संस्करणमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स्, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र काठमाडौं गोर्खाज गरी ६ टिम सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *