मैदान भिज्दा खेल रद्द, आर्मी फाइनलमा

डिसी नेपाल
३० भदौ २०७९ १३:३९
224
Shares

काठमाडौँ। त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा फाइनल प्रवेश गरेको छ। बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल राति परेको वर्षाका कारण मैदान भिजेपछि रद्द भयो। समूह विजेताको रूपमा सेमिफाइनलकाे यात्रा तय गरेकाे आर्मी खेल रद्द भएसँगै सिधै फाइनल पुगेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका थियो। तर, बुधबार रातिको लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल रद्द भएको हो। खेल रद्द भएपछि उत्कृष्ट नतिजाका आधारमा समूह ‘ए’ को विजेता आर्मी फाइनलमा प्रवेश गरेको छ।

यो सँगै प्रतियोगितामा वर्षाका कारण रद्द भएको खेल संख्या १७ पुगेको छ। लिग चरणका ३२ खेलमध्ये १६ खेल रद्द भएको थियो। आजै हुने दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमी र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका छ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो। तर, टी-२० क्रिकेट समेत निर्धारित समयमा नहुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *