सन्यासकाे घोषणा गरे फेडेररले
काठमाडौं। चर्चित टेनिस खेलाडी रोजर फेडेररले संन्यासको घोषणा गरेका छन्। फेडेररले बिहीबार लन्डनमा अर्को हप्तादेखि सुरु हुने लभेर कप आफ्नो अन्तिम एटिपी प्रतियोगिता हुने घोषणा गरेका हुन्।
विश्व टेनिसमा आफ्नो छुट्टै पहिचान बनाएका फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेको छन्। ४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन्। उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।
पछिल्लो समय इन्जुरीका कारण कोर्टबाहिर रहँदै आएका फेडेररले सन् २०११ पछिको ११ ग्रान्डस्लाममध्ये तीनमा मात्र प्रतिस्पर्धा गरेका थिए। उनले लगातार तेस्रो पटक घुडाको सर्जरी गर्नु परेसंगै कोर्टबाट बिदा लिने निर्णय गरेको थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment