रोनाल्डोको गोलमा युनाइटेड विजयी

डिसी नेपाल
३१ भदौ २०७९ ८:०६

काठमाडौं। एफसी सेरिफलाई २-० ले हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ। युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे।

खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए। ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दा युनाईटेडले २-० को जित निकाल्यो।

जितसँगै युनाईटेडले समूह ई को २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ। समान खेलबाट ३ अंक जोडेको सेरिफ तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *