नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

डिसी नेपाल
१ असोज २०७९ ८:३९

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले प्राप्त गरेको छ। राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो।
बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६.५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे। उनी जितेन्द्र मुखियाको एलबिडब्लू धरापमा परेर आउट भए।

यस्तै, सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे। ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे। यसैगरी दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन र आरिफ सेख १ बलमा ६ रनका साथ नटआउट रहे । सेनाका जितेन्द्र मुखिया र सुसन भारीले १, १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको सेनाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेको थियो। विनोद भण्डारीले १४ बलमा ४० रन, रोहित पौडेलले १० बलमा २८ रन, कुशल मल्लले १३ बलमा १३ रन र भिम सार्कीले ४ बलमा ११ रन जोडे । पुलिसका गुलशन झाले २, ललित राजबंशीले २, रशिद खान र दिपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए । उपविजेता सेनाले रजत पदक प्राप्त गर्‍यो

तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनएबीचको खेल बर्षाका करण हुन नसकेपछि टसबाट निर्णय गरिएको थियो। जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भयो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वाला लगयातले पुरस्कार वितरण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *