पाँच पटक आईपीएलको उपाधि जितेको टोली मुम्बई इन्डियन्सले नयाँ प्रशिक्षक पायो

डिसी नेपाल
१ असोज २०७९ १०:१२

काठमाडौं । इन्डियन प्रिमियर लिग टिम मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका पूर्व विकेटकिपर ब्याट्सम्यानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

उनले सन् २०२३ को आईपीएल सिजनदेखि नयाँ मुख्य प्रशिक्षकको रुपमा काम गर्नेछन् । बाउचर हाल दक्षिण अफ्रिकाका प्रशिक्षक छन् । उनले श्रीलंकाका पूर्व कप्तान महेला जयवर्द्धनेको स्थान लिनेछन् ।

जयवर्धने सन् २०१७ देखि मुम्बई इन्डियन्सका मुख्य प्रशिक्षक थिए। उनले अहिले मुम्बई इन्डियन्समा ठूलो भूमिका पाएका छन् । अब उनी यस फ्रेन्चाइजको ग्लोबल हेड बनेका छन् ।

मार्क बाउचरले एक विज्ञप्ति जारी गर्दै मुम्बई इन्डियन्सको प्रशिक्षक हुन पाउनु आफ्नो लागि सम्मान र गौरवको कुरा भएको बताए । यो सबैभन्दा सफल टोली हो र उनले यस टोलीलाई थप मूल्य दिन काम गर्नेछन् ।

दक्षिण अफ्रिकाले इंग्ल्याण्डसँग टेष्ट शृंखला २-१ ले गुमाएपछि बाउचरले टी–२० विश्वकपपछि प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गरेका थिए । मुम्बई इन्डियन्सले आईपीएलमा अहिलेसम्म पाँच पटक उपाधि जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *