सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा

डिसी नेपाल
२ असोज २०७९ १४:३८

काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन्।

प्रतियोगिताको फाइनलअघि आयाेजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ। यो सुनौलो मौकालाई हामी गुमाउन चाहदैनौँ। हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहदैनौँ। घरेलु टिम हौं र च्याम्पियनसिप सुरु हुँदादेखि नै उपाधि यही छ। त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौं,’ थापाले भने।

प्रतियोगिताको फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल अपराह्न ५ बजे हुनेछ।

प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगाामी दुई संस्करण च्याम्पियन बन्ने बताउँदै टिम तयारी अवस्थामा रहेकाे बताए। ‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौं। अर्काे संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौं,’ थापाले भने, ‘सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु । मलाई थाहा छ उनीहरूले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्,’ थापाले भने।

यसअघि नेपालले साविक पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा १-० ले पराजित गर्दै फाइनल पुगेको थियो। भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाललले त्यसअघि समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो।

थापाले घरेलु समर्थकले उर्जाले थप उपाधिको जित्न हौसला बढ्नेमा विश्वास प्रकट गरे। ‘हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । यसैकारण म विश्वस्त र खुशी छुु,’ थापाले भने।

यता, बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटनले नेपाली टिम बलियो भए पनि आफ्नो टिमले उपाधि जित्नेमा विश्वस्त रहेकाे बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *