साफ महिला च्याम्पियनसिपः बंगलादेशलाई दुई गोलको अग्रता
काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनल खेल यतिबेला दशरथ रंगशालामा जारी छ। खेलको पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशले दुई गोलको अग्रता लिएको छ।
बंगलादेशले १४ औं मिनेट र ४२ औं मिनेटमा गोल गरेको हो।
नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment