टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?–बालेन्द्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेशप्रति प्रश्न गरेका छन् । महानगरपालिकाले टुकुचा खोला खोज्दै यसमाथि बनेका संरचना भत्काउन थालेपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ। जसमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उक्त आदेशलाई लक्षित गरी मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएका हुन्। ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ?’ उनले लेखेका छन् ।
यसअघि पनि महानगरपालिकाको टोली नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन जाँदा अदालतले नभत्काउन आदेश दिएको थियो। त्यसबेला पनि मेयर शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतललाई नै दिनुपर्ने भन्दै कटाक्ष गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment