टिम बाहिर परेपछि नवयुगले आक्रोश पोखे

डिसी नेपाल
७ असोज २०७९ १२:३७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आक्रोश पोखेका छन् । उनले आज सामाजिक सञ्जालमा ‘विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने’ गरेको लेखेका छन् ।

‘रोगको लक्षणः विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर,’ उनले लेखेका छन्, ‘रोगको लक्षणःचलखेल ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । पछिल्लो समय नेपाली टोलीका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिम तयार पारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *