घरमा रङ लगाउन आउनेले चोरे काठमाडौंमा ८ तोला बढी सुनका गहना

डिसी नेपाल
७ असोज २०७९ १३:५६

काठमाडौं । काठमाडौं प्रहरीले सुनका गरगहना चोरीको आरोपमा २ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि–९, मच्छेगाउँ बस्ने २३ वर्षीय रवीन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनार रहेका छन् ।

घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *