लिटिल एन्जल्स च्याम्पियन

डिसी नेपाल
७ असोज २०७९ १७:५१

काठमाडौं  । छैठौं सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ ।

जावलाखेल स्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृष्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि जित्न सफल रह्यो ।

लिटिल एन्जल्सको लागि भार्गभ सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे। पुलिस स्कुलका राम थापाले एक गोल गरे ।

शुक्रबारनै सम्पन्न सेमीफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २-१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३-१ ले पराजित गर्दै फाइनल पुगेको थियो। तेस्रो स्थानको लागि भएको खेलमा ग्रिनफिल्डले गान्धी आदर्शलाई ३-१ ले पराजित गर्‍यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुलका लक्ष्मण थानी भए भने उत्कृष्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जिते । प्रतियोगिताको उदयमान  खेलाडी लिटिल एन्जल्सका भार्गभ सिलवाल घोषित भए । गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयरप्ले अवार्ड प्राप्त गर्‍यो । विजेता खेलाडीहरूलाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे भने सोही अवसरमा श्रेष्ठलाई सम्मानित समेत गरिएको थियो ।

तिन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुलका टिम सहभागी थिए । यसअघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डीएभी स्कुलले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *