करिब १० लाख भ्रष्टाचार गरेपछि गाविस सचिवसहित २ जनाविरुद्ध मुद्दा

डिसी नेपाल
९ असोज २०७९ १५:५८

काठमाडौं । धनुषाको तत्कालिन चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुलाई विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

मुद्दा दायर गरिएका अन्यमा धनुषाको तत्कालिन चक्कर गाविस–२ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् ।

दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ । विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *