आर्थिक रुपान्तरण समिति, प्रदेश १ को ग्लोबल टाउनहल मिटिङसम्बन्धी सूचना

डिसी नेपाल
१७ असोज २०७९ ११:०९

प्रदेश १ सरकारद्वारा विश्वका विभिन्न मुलुकमा विविध विषयमा विज्ञता हासिल गरेका नेपाली विज्ञहरुको प्रदेश विकास र आर्थिक रुपान्तरणमा सहयोग र सहभागिताका लागि गठित “आर्थिक रुपान्तरण समिति” अर्थात् इकोनोमिक ट्रान्सफरमेसन कमिसनको प्रदेशका मुख्यमन्त्री मा.राजेन्द्र राई, अर्थमन्त्री मा. इन्द्र बहादुर आङ्ग्बो, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्सम, बिराटनगर महानगरका मेयर नागेश कोइराला, मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार राजेन्द्र राउत तथा लगानी प्राधिकरणका प्रमुख डा. सरोज कोइराला लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा जुम मार्फत “ग्लोबल टाउन हल” मिटिङ्ग राखिएको हुँदा प्रत्यक्ष प्रसारणमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

पुनश्चः तपसिल उल्लेखित समाचार श्रोतहरुबाट फेसबुक मार्फत सहभागीहरूसँग प्रत्यक्ष प्रश्न उत्तरको व्यवस्था गरिएकोछ ।

तपसिल:

www.enepalese.com

www.dcnepal.com

www.nepalesediaspora.com/

मिति : २०७९ असोज १८

समय : बिहान ५:४५ बजे नेपाली समय

USA: Oct 3rd, 8:00 pm (New York Time)

UK: Oct 4th, 1:00 am (London Time)

Qatar: Oct 4th, 3:00 am (Doha Time)

Japan: Oct 4th, 9:00 am (Tokyo Time)

स्थानीय तथा प्राविधिक सम्पर्कः

प्रो. मेदिनी अधिकारी

डा. देशराज संयोक

ददिराम ढुंगाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *