फास्ट बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२२ बाट बाहिरिए

डिसी नेपाल
१८ असोज २०७९ १०:२३

काठमाडौं । फास्ट बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२२ बाट बाहिरिएका छन् । बीसीसीआईको मेडिकल टोलीले यसको पुष्टि गरेको छ ।

बीसीसीआई सेक्रेटरी जय शाहले विज्ञहरूसँग विस्तृत मूल्याङ्कन र परामर्शपछि यो निर्णय गरिएको जानकारी दिएका छन् ।

यसअघि बुमराह ढाडको चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–२० सिरिजबाट बाहिरिएका थिए ।

जसप्रित बुमराहको स्थानमा कुन खेलाडीलाई टिममा समावेश गरिने छ, बीसीसीआईले छिट्टै घोषणा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *