उडान गुमाएर विश्वकप टोलीबाट बाहिरिएका क्रिकेटर

डिसी नेपाल
१८ असोज २०७९ ११:१६

काठमाडौं । वेस्ट इन्डिजले शिमरोन हेटमायरलाई टी–२० विश्वकपको टोलीबाट हटाएको छ । उनको स्थानमा शम्रा ब्रुक्सलाई टोलीमा समावेश गरिएको छ ।

हेटमायरलाई वेस्ट इन्डिज क्रिकेट बोर्डले सर्वसम्मतिले टिमबाट हटाएको हो । कारण अष्ट्रेलियाको उडान छुटेको छ र यो पहिलो पटक होइन।

हेटमायरले दोस्रो पटक अष्ट्रेलियाको उडान गुमाए र परिणाम स्वरूप, वेस्ट इन्डिज क्रिकेट बोर्डले उनलाई टोलीबाट बाहिरिने बाटो देखायो। क्यारेबियन प्रिमियर लिग शनिबार सकिएपछि वेष्ट इन्डिज टोली विभिन्न समूहमा अष्ट्रेलिया प्रस्थान गरेको छ ।

हेटमायर यसअघि अक्टोबर १ मा अष्ट्रेलिया जाने कार्यक्रम थियो । तर उनले व्यक्तिगत कारणले उडानको मिति परिवर्तन गरेका हुन् । वेस्ट इन्डिज क्रिकेट बोर्डले सोमबार, ३ अक्टोबरमा उनको उडान बुक गरेको थियो।

तर हेटमायरले पछि क्रिकेट वेस्ट इन्डिजका निर्देशक जिमी एडम्सलाई भने कि उनी पनि यो उडानमा जान सक्दैनन्।

वेस्ट इन्डिज क्रिकेट बोर्डले छनोट समितिले शम्रा ब्रुक्सलाई टी–२० विश्वकपको टोलीमा समावेश गर्ने सर्वसम्मतिले निर्णय गरेको र यो कुरा आईसीसीलाई पनि जानकारी गराएको जनाएको छ ।

जिमी एडम्सले हेटमायरलाई अष्ट्रेलिया जान थप ढिलाइ भएमा टोलीमा आफ्नो स्थान गुमाउन सक्ने कुरा पहिल्यै भनिएको बताएका छन् ।

उनले भने, ‘शामरा ब्रुक्स पछिल्लो समय वेस्ट इन्डिजको टिममा थिए र उनले सीपीएलमा पनि राम्रो प्रदर्शन गरेका थिए । उनी छिट्टै अस्ट्रेलिया जाँदैछन् । म उनलाई र वेस्ट इन्डिज टोलीलाई शुभकामना दिन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *