‘निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुन्छ’ {भिडियोसहित}

डिसी नेपाल
२३ असोज २०७९ १८:३७

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुने बताएका छन् । जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराए पश्चात् सञ्चारकर्मीहरूसँग गरेको संक्षिप्त कुराकानीमा राप्रपा अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

राष्ट्रिय राजनीतिमा मौलाएको भ्रष्टाचार, कुशासनको अन्त्य गर्दै देशमा सुशासन कायम गर्नका लागि पार्टीको उपस्थिति संसदमा आवश्यक रहेको बताउदै उहाले यस पटक राप्रपा देशको अग्रणी शक्तिको रुपमा उदाउने धारणा राखे ।

अहिलेको निर्वाचनमा चुनावी तालमेल सामान्य जस्तो बन्दै गएको बताउँदै उहाले राप्रपाले एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको र यसलाई अन्यथा मान्न नहुने बताए । तीन दशकदेखि नेपाली काँग्रेसले झापा क्षेत्र नम्बर ३ मा नेतृत्व गर्दै आए पनि यस क्षेत्रले अविकसितता, पछौटोपन बेहोर्दै आएको भन्दै उहाले यस्तो अवस्थाको अन्त्यसँगै विकास र समृद्धिको पथमा यस क्षेत्रलाई लैजानका लागि आफुले पुन उम्मेद्वारी दिएको उनको भनाइ थियो ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *