इटलीको मिलान यसरी मनाइयाे दसैं (तस्वीरसहित)

डिसी नेपाल
२६ असोज २०७९ १३:४६
324
Shares

मिलान। इटलीको मिलान शहरमा आइतबार दशैंको टीका कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल मितेरी मन्च मिलानले आयोजना गरेको थियो। बडादशैं कार्यक्रम २०७९ भब्य रुपमा सम्पन्न भएको मन्चका अध्यक्ष रोजन रानाले डिसी नेपाललाई बताए।

कार्यक्रम गैर आवासीय नेपाली संघ इटालीका कोषाध्यक्ष दीर्घा थापाले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यसहित बिजयादशमी शुभकामना प्रदान गरेर सुरुवात गरेकी थिइन्।

शुभकामना आदनप्रदानका क्रममा मितेरी मञ्चका पूर्व अध्यक्ष मुकुन्द पौड्याल, गैर आवासीय नेपाली संघ इटालीका अध्यक्ष छबिलाल कँडेल, गैर आवासीय नेपाली संघ इटालीका संस्थापक डा. भीमबहादुर बाम, मितेरी मञ्च मिलानका वर्तमान अध्यक्ष रोजन रानाले शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रम सन्चालन गैर आवासीय नेपाली संघ इटालीका माहासचिव भवेष सिंहले गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *