गजल : नपुंसकको सत्ता

बालकुमारी घिमिरे गजलिका
५ कार्तिक २०७९ ७:५६

नपुंसकको सत्ता बनाएर जत्था अराजकहरूको
टिकेको छ सत्ता नपुंसकहरूको।

बहुत दु:खका साथ आर्जेको राष्ट्र
भयो नाच घर आज नर्तकहरूको।

बचेनन् मुमा बृद्ध बहिनी र छोरी
सुरक्षा झनै छैन बालकहरूको।

बनेको छ कानुन यहाँ खोष्टो जस्तै
रह्यो काम के खै विचारकहरूको।

मनाइन्छ उत्सव बिना अर्थ साथी
कदर हुन्न सेवा प्रदायकहरूको।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *