कवि कवीन्द्र सिटौलाको ‘न्याय रोए पछि’ कविता संग्रह प्रकाशित

डिसी नेपाल
६ कार्तिक २०७९ १०:४०

काठमाडौँ। कवि कवीन्द्र सिटौलाको ‘न्याय रोए पछि’ कविता संग्रह प्रकाशित भएको छ।  उनको कवितमा देशप्रेम, राष्ट्रभक्त नेपालीहरूको बारेमा र २०४६ (१९९०) सालको जनआन्दोलका विविध पक्षहरुलाई समेटिएको छ। कवितामा कवि सिटौलाले  देशप्रति निकै नै चिन्तत बनेको पाइएको छ।

कविताको अन्तिम तिर, पहिलो खेस्रा लेखिरहेको बेलामा ‘सहिदका आँखाबाट बलिन्ध्र धारा आशु बगे’ भन्ने हरफ लेख्दा उनको आँखाबाट पनि आँशु बगेको उनले बताए।  कविता लेख्ने क्रममा आफु बिगतको समय पुगेको र त्यहि समयलाई लिएर कविताको रचना भएको उनले बताए।

कवितमा उनले जनआन्दोलका क्रममा भएका विविध घटनावस्तुलाई समेटिएको पाइन्छ। जनआन्दोलनको क्रममा स्वतन्त्रताको लागि नेपालीहरूसँग एकताबद्ध भएर-नयाँ परिवर्तनका लागि-निस्वार्थ भावले उनी पनि लडेको उनले बताए।

 

विज्ञप्ति
कवीन्द्रराज सिटौला

ब्रमाण्डको सृजनामा भगवानले मानिसलाई अरु प्राणी भन्दा चेतनशील बनाइ दियो । हामी अरु भन्दा बिवेकशील छौ । हामी र अरूमा यही हो फरक । यसको एउटै गुण हो- न्याय र अन्यायको अन्तर छुट्याउन सक्ने क्षमता। हामी अन्याय हुन दिदैनौ र न्यायकोलागि निरन्तर डटि रहन्छौं। जहाँ न्याय पद्धतिमा अन्याय हुँदैन त्यसलाई “न्याय’’ भनिन्छ।

जुनसुकै राष्ट्रमा न्याय गर्न खटाइएको लदाधिकारीलाई न्यायधीश भनिन्छ र उनीहरूले फैसला सुनाएको क्षणमा आँखा चिम्लिनु पर्छ। एउटा निसाफले मानिसको जीवन लिन्छ र दिन्छ पनि । यसले सभ्यताको नयाँ ढोका खोल्दै समाजलाई सन्तुलित बनाउँछ । त्यसैले कुनै पनि न्यायाधीशले न्याय भन्दा अन्यथा गर्न मिल्दैन।

मैले जब नेपालको न्यायालय र प्रधानन्यायाधिश भ्रष्टाचार र अन्य बिबादमा मुछिएको समाचार पढें, मलाई सारै नमज्जा लाग्यो, अन्तरालसम्म पीडाबोध भयो र ‘न्याय रोए पछि’ भन्ने यो कविताको जन्म भयो।
सोही कविताको अन्तिम तिर, पहिलो खेस्रा लेखिरहेको बेलामा ‘सहिदका आँखाबाट बलिन्ध्र धारा आशु बगे’ भन्ने हरफ लेख्दा मेरा आँखाबाट पनि साँच्चि नै बलिन्द्रधारा आँशु बगिरहेका रहेछन्।
ती आँशुका थोपाले मेरो सिर्जना भईरहेको कविता भिज्न पुगेछ। त्यसपछि म अझ भावविह्वल भएर सो लेख्दै गरेको कविता छातीमा टाँसेर अतीतमा पुगेँ । त्यही क्षणले ३० बर्ष अधिको युवा कवीन्द्रसित भेट गरायो र त्यहीं पुर्‍याएर अलिखित इतिहासको कथा पुनर्जागरण गरायो।
ऐतिहासिक २०४६ (१९९०) को जनआन्दोलनमा पूर्णरूपमा सकृय भएर सहभागी बन्दै विद्रोहमा लड्यो ऊ लाखौं राष्ट्रभक्त नेपालीहरूसँग एकताबद्ध भएर- नयाँ परिवर्तनका लागि- निस्वार्थ भावले राष्ट्रलाई शिरमा राखेर उठ्यो, जाग्यो।
त्यो बेला गगनभेदी आवाजहरू सर्वत्र गुन्जन्थे- “प्रजातन्त्र, प्रजातन्त्र, प्रजातन्त्र’’ भन्दै देशलाई स्वतन्त्रता दिलाउनकोलागि जनताका साथमा ऊ पनि लडिरह्यो।
ऊ कुनै बिचार, दल, सिद्धान्त, समुह भन्दा माथि उठेर निस्वार्थ भएर नेपाल आमालाई छाती र शिरमा राखेर नेपालीको खोसिएको स्वतन्त्रताको लागि जनताको साथमा लडेको थियो। एउटा जुझारु युवा उसलाई नेता र दलहरुले दिएको आश्वासनमा त्यसरी नै पूर्ण विश्वास थियो जसरी पिताले पुत्रलाई दिएको आश्वासनमा ऊ पूर्ण आश्वस्त हुन्छ।
देशको स्वाधीनताको लागि भष्ट्राचारीलाई फाँसिदिन, नेपाल र नेपालीलाई सम्वृद्ध बनाउन , मिलेर काम गर्न र जनताका आधारभूत आवश्यकता पूरा गर्दै समुन्नत राष्ट्रको स्थापना एवम् पहिचान हुन्छ भन्ने कुरामा ऊ ढुक्क थियो।
यसैकालागि ऊ मृत्युको पनि पर्बाह नगरी लड्यो, लडिरह्यो। ऊ चुटियो, कुटियो तैपनि अश्रुग्यास छिचोल्दै अगाडि बढिरह्यो। गोलीले उसको कपालको रौंलाई उडायो, उसको ढाड र अन्यत्रमा लट्ठीका सशक्त प्रहारहरू बजारिए, उ ढल्यो र हजारौं बुट ऊ माथी दगुरे।
ऊ बेहोस भयो…..। त्यही मृत्युको मुखबाट बँच्न पुगेर जीउँदो सहिद भएको त्यो युवा अहिले कवि भएर यो कविता लेख्था लेख्थै त्यसबेलाको युवा कविन्द्रलाई भेटाइदियो।

त्यो पुरानो् घटना जीवन्त भएर पुन स्मरण भयो । सारा नेपाली राष्ट्रभक्तहरूका ती आवाजहरू पुन: पुनः उसको कानमा गुञ्जिन थाले;

प्रजातन्त्र ल्याउँछौ, ल्याउँछौ,
भ्रष्टाचारीलाई फाँसिदे , फाँसिदे !
यो देश कसको ? जनताको , जनताको , ! नेपाल कस्को ? जनताको !
जनताको एकता जिन्दाबाद , जिन्दाबाद ……..!
….भ्रष्टाचारी चोर देशछोड,
देशघातीलाई फाँसी दे ……!
नभन्दै, प्रजातन्त्र आयो तर जनताको सुदिन आएन !
समय पानी झैं बही रह्यो । मानिसका मन मस्तिष्कहरूमा आशा र कल्पना पनि वहीरहे, उडिरहे !
फेरि पनि देश आपसी द्वन्द्वमा फँस्यो। धेरै निर्दोष नेपालीहरू मारिए।  त्यसपछि नेपालमा गणतन्त्र पनि आयो।
विकासका किरणहरू केही भुल्के पनि गर्न सकिने धेरै धेर कामकुराहरू पूरा गरिएनन् । परिणामतः जनताको जीत कहिल्यै आएन। नेता र पार्टिको हालीमुहाली भयो । भ्रष्टाचारीलाई संरक्षण भयो। नेपाली जनता बिखन्डित भए, महँगी र गरिबी आकाशियो ब्यापक अशान्ति र अराजकता फैलियो । सुशासन र न्याय माथि घात गरियो ….।
म झसंङ्ग भएँ, म बौरिएँ ,मलाई कसैकोे मधुरो आवाजको आभाष भयो,” ती हाम्रा आँशु हुन् ,हामी बोल्न सक्दैनौ, हामीले देशकालागि वलिदान गरेयौंँ , तिमी त बाँचेका छौ, तिमी हाम्रो भावनाको आवाज बन, देश, जनता र न्यायकोलागि जुझारु बन, ती आवाजहरू बुलन्द गर ।
म हठात् आन्दोलित भएँ अनि भावविभोर भएर मित्र राम खरेलजीलाई सम्पर्क गरें र आफ्नो वृतान्त सुनाएँ । मेरो कविताको भिडियो खिच्न सहयोग मागें ।
फलस्वरूप हालसालै यसको सम्पादन गरेर आज डिसि मेट्रो क्षेत्रमा रहेका तपाँईहरू परिचित मिडियाकर्मी मित्रहरू मार्फत यो विषेश भिडियो सार्बजनिक गर्दैछु ।
मैले यसलाई एउटा नयाँ चेतना र परिवर्तनको सन्देशको रुपमा लिएको छु । यही समयमा यसका साथसाथै यी सन्देशहरू भ्वाइस अफ कविन् यूटुब च्यानल मार्फत यहाँहरूलाई जानकारि गराइरहनेछु ।
नेपाललाई सक्षम र इमान्दार नेतृत्वको सुशासन चाहिएको छ । मेरा यी भावना र आवाजहरुले तपाईहरुको साथ सहयोग खोजी रहने छन्, खोजी रहने छन् !
हार्दिक धन्यवाद ।
नेपाल, नेपालीभाषी र विश्वभरिका मानवको जय होस !
जयदेश ।
कवीन्द्रराज सिटौला
October 22, 2022

Virginia



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *