बैतडी पुगेर देउवामाथि यसरी खनिए ओली

डिसी नेपाल
१८ कार्तिक २०७९ १५:४७

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिएका छन् । शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री देउवामाथि तिखो प्रहार गरेका छन् ।

ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको उनले बताए । उनले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताए । त्यसको जिम्मा एमाले र आफूले लिने उनले बताए । उनले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको बताए ।

ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासन बाँडे । उनले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूल्ठूलो विकास गरेको दाबी गरे । उनले विकास गर्न पनि एमाले नै चाहिने बताए । ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ,’ ओलीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *