गजल : यहीं भेट हुन सक्छ

बालकुमारी घिमिरे “गजलिका”
१९ कार्तिक २०७९ ७:०३
124
Shares

भेट कसरी गर्ने, तिम्रो तर्क हुनसक्छ
केन्द्र हाम्रो भेट गर्ने खर्क हुनसक्छ

स्वर्ग जस्तो गाउँ मेरो जान्न अब छोडी
गर्छु श्रम आमा यहीँ पछि हर्क हुनसक्छ

देखिँदैमा राम्रो फन्दामा नपर्नू है
मान्छे राम्रो बानीले खुब कर्क हुनसक्छ

दिन्न धोका साथ उसलाई छ पहिलेझै
साथ उसलाई मिठो खुब अर्क हुनसक्छ

चाह यदि तिम्रो भए भेट्ने यहाँ साथी
जुनसुकै बेला मसँग सम्पर्क हुनसक्छ

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *